१४ बैशाख २०८१, शुक्रबार

संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्न आग्रह


sherdhan-rai

विराटनगर, ७ वैशाख । प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ को रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको आज २७औँ दिनसम्म आमनागरिकले गरेको धैर्यताप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज एक सन्देश जारी गर्दै प्रदेश नं १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट कोरोना भाइरसको जाँच भइरहेको जानकारी दिँदै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहनुभएको परीक्षण गर्ने क्रममा ११ भारतीय र दुई नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखापरेको सन्देशमा भन्नुभएको छ ।

सङ्क्रमितलाई प्रदेश सरकारले उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको र उहाँहरु चाँडै निको भएर घर फर्कने मुख्यमन्त्री राईले विश्वास व्यक्त गर्नुभएको छ । अहिले सरकारले ‘कन्ट्याक ट्रेसिङ’ गरिरहेकाले हिजो मात्र प्रदेशबाट ६९ जनाको स्वाब सङ्कलन गरिसकेको जानकारी सन्देशमार्फत दिँदै मुख्यमन्त्री राईले सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना सङ्कलन गरिएको जनाउनुभएको छ ।

आमनागरिक त्रसित नहुन मेरो हार्दिक अपिल गर्दै मुख्यमन्त्री राईले कोरोनाबाट बच्न र बचाउन थप सजगता र सावधानी अपाउनुपर्ने सन्देश दिनुभएको छ । उहाँले आफू, आफ्नो परिवार, समुदायमा सहयोग पु¥याउन आग्रह गर्दै धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिन आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !