१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई अर्को झड्का: गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश, ओलीले स्वागत गर्ने


प्रचण्ड फाइल फोटो

पर्सा । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् । पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् ।

एक नेताका अनुसार माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने भएका छन् । एक नेताका अनुसार माओबादीका नेताहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज बिहीबार पर्सा जाँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !