२२ बैशाख २०८१, शनिबार

काँग्रेसमा देउवा समूहबाट दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित


प्रसाद ढुंगाना, रमेश रिजाल

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन् । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिएक छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !