२० बैशाख २०८१, बिहिबार

प्रदेश २ का मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिने


लालबाबु राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी दल विभाजित भएपछि मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिन लागेका हुन् ।

जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

स्रोतका अनुसार बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !