२० बैशाख २०८१, बिहिबार

प्रदेश २ सरकार विरुद्ध दायर भएको रिटमाथि बहस जारी


प्रदेश २

धनुषा । प्रदेश २ सरकार विरुद्ध उच्च अदालत जनकपुरमा दायर भएको रिटमाथि बुधबार भएको बहस हेर्दाहेर्दैमा सकिएको छ ।

एडभोकेसी फोरम प्रदेश २ का संयोजक समेत रहनुभएका अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकारले गरेको मन्त्रीमण्डल गठन समावेशी समानुपातिक सिद्धान्त विपरित रहेको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर गर्नुभएको थियो । महासेठले जेठ २६ गते नियुक्त भएका तीन जना मन्त्रीलाई कामकाजमा समेत रोक लगाउन माग गर्नुभएको छ । उच्च अदालत जनकपुरले निवेदकको तर्फबाट आज बहस सकिएको र भोलि बिहीबार विपक्षीको तर्फबाट बहस हुने जनाएको छ ।

विपक्षी विरुद्ध उत्प्रेषणयुक्त परमादेश लगायत अन्य आवश्यक र उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । निवेदकको तर्फबाट भएको बहसमा आठ अधिवक्ताले बहस गर्नुभएको थियो । मुख्यन्यायाधीश विनोद शर्मा र हरिप्रसाद वगालेको संयुक्त इजलासमा भएको बहसमा निवेदक तर्फलाई चार घण्टाको समय तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !