१८ बैशाख २०८१, मंगलबार

प्रदेश २ का मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र


लालबाबु राउत

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै झाले मुख्यमन्त्री राउतप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

उनले पत्रमा लेखेका छन् “प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !