२२ बैशाख २०८१, शनिबार

सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसको नेतृत्व


नेपाली काँग्रेस

धरान । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएका छन् । यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन् । सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !