४ जेष्ठ २०८१, शुक्रबार

बराहपोखरी वडा १ को अध्यक्षमा महेन्द्र मगरले गरे उम्मेदवारी दर्ता


महेन्द्र मगर

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा महेन्द्र मगरले उम्मेदवारी दिएका छन् । महेन्द्र मगरले एकीकृत समाजवादी पार्टी र माओबादी केन्द्रबाट उम्मेदवारी दिएका हुन् ।

अन्य वडामा गठबन्धन भए पनि वडा १ मा भने कांग्रेस गठवन्धन तोडेर एक्लै चुनावमा उत्रिएको छ । लामो समयसम्म कोरिया बसेर फर्केका महेन्द्र मगर पछिल्लो केहि समयदेखि गाउँमै समाजसेवामा सक्रिय छन् ।

वडा १ मा नेपाली कांग्रेस, नेकपा एमाले र एस र माओबादीवीच तालमेल गरेर उम्मेदवारी दिएका छन् । एस र माओबादीको सहमति अनुसार वडा नम्बर १ माओबादी केन्द्रको भागमा पारेक एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !