२३ बैशाख २०८१, आइतबार

प्रदेश नं १ मा आज थपिए १६८ जना कोरोना संक्रमित


प्रदेश १

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा १/१ र प्रदेश बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ भने संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमतमुक्त भएको र सक्रिय संक्रमितको सङ्ख्या ६६६ पुगेको छ । आज ६०२ जनाको पिसिआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !