२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा एमाले सांसदले रोजिन् नेकपा (एकीकृत समाजवादी)


माया तामाङ

धनगढी । सुदूरपश्चिम प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेवाट निर्वाचित सांसद बोहरा यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षकी निकट हुन्।

उनले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन् । यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ ।

एमालेवाट सुदूरपश्चिममा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !