२१ बैशाख २०८१, शुक्रबार

शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । उनले वाग्मती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए ।

नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्नेजस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पुर्याइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !