२० बैशाख २०८१, बिहिबार

बागमती मुख्यमन्त्री पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा


डोरमणि पौडेल

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य सर्वसम्मतले चयन गरेको छ ।

माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएकी छन् । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको हो ।

नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी हुन् । उनी नेपाल समूहवाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चले पनि तत्काल सरकारमा सहभागी नभएपछि बन्न सकिनन् । ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी अहिले एमालेमै फर्किएकी छन् ।

पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !