, पर्यटन

पर्यटन

  • टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन शुरु

    भजनी, ३ चैत । कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलकोे स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताउनुभयो । “अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि […]

  • bicycle

    पर्यटकीय सम्भावना खोज्दै बागलुङ–ढोरपाटन साइकलयात्रा

    गलकोट, २ चैत । बागलुङ जिल्लामा पछिल्लो सयम पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । शनिबार मात्र नेपालका विभिन्न स्थानबाट आएका उत्साही युवाको टोलीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको साइकलयात्रा तय गरेका छन् । साइकल पर्यटनमा लामो समय सक्रियरूपमा लाग्नुभएका पद्येन्द्रनाथ कर्माचार्य, कवि मर्हजन, रविकर तामाङ र शरद चन्दको समूह पाँचदिने […]

  • Sagarmatha-1

    कोभिड–१९ः पर्वतारोहणमा गुम्दै ६० करोड

    काठमाडौँ, ३० फागुन । वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो । मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त […]

  • पर्यटक

    पर्यटक लोभ्याउँदै तोरीखोला

    पोखरा, ३० फागुन । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ । […]

  • ¥याफ्टिङ

    अब सानीभेरी नदीमा पनि ‘¥याफ्टिङ’ : परीक्षण सफल

    रुकुमपूर्व, २९ फागुन । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताउनुभयो । […]

  • mustang

    आयोनुनले विस्थापन गरेको मुस्ताङी नुन पर्यटनसँग जोडिदै

    पोखरा, २८ फागुन । ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान त हो नै यो वास्तविकता पनि हो । आजभन्दा दुई दशक अघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएको अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको […]

  • पर्यटक

    हाँडीकोट : पर्यटकका लागि ‘भर्जिन डेस्टिनी’

    बलेवा, २७ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् । हाँडीकोटको विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि विविध गतिविधि सञ्चालन गर्ने योजनामा रहेको हाँडिकोट सामुदायिक विकास केन्द्रका अध्यक्ष […]

  • पर्यटक

    पर्यटकीय गन्तव्य बन्दै ‘बुलबुले मूल’

    झिमरुक, २७ फागुन । प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै आन्तरिक पर्यटन स्थलको रुपमा विकास हुँदै गएको हो । झण्डै दुई सय वर्ष पहिले दूधकोशीबाट प्यूठान आएका कविराज भण्डारीले पानीको मूलको महिमा भएकै कारणले कोटहरूमा […]

  • भक्तपुर महोत्सव

    भक्तपुर महोत्सव स्थगित

    भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरु […]

  • बन्दीपुर केबुलकार

    बन्दीपुरमा केबुलकार निर्माणको काम तीव्र

    दमौली, २३ फागुन । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो,“परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा […]

  • कोरोना भाइरस

    धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोना भाइरसबारे सचेत पारिँदै

    कञ्चनपुर, २० फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो । मेलामा आउने श्रद्धालुलाई मास्कको प्रयोग गर्न, हात नमिलाउन र टाढैबाट नमस्कार गर्नका लागि सन्देश प्रवाह […]

  • मूर्ति

    मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड

    गलकोट, १९ फागुन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । […]

  • शङ्करपुर ताल

    संरक्षणको पर्खाइमा शङ्करपुर ताल

    कपिलवस्तु, १९ फागुन । सरकारले यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाइरहँदा धेरै महत्व बोकेको जिल्लास्थित शङ्करपुर तालको प्रचार प्रसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफलसमेत दिन प्रतिदिन घट्दै जान थालेको गुनासो स्थानीयवासीको छ । आदिवासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, कृषि तथा आर्थिक पक्षसँग जोडिएको यो तालको क्षेत्रफल करिब ५० बिघा […]

  • भ्रमण वर्ष

    नेपाल भ्रमण वर्ष २०२० सरकारद्वारा स्थगित, २०२२ लाई प्रस्तावित

    १८ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यसको औपचारिक घोषणा भने हुन बाँकी भएकोले सम्भवतः १/२ दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ । बैठकमा सहभागी १ […]

  • बाँके राष्ट्रिय निकुञ्ज

    ओझेलमा प¥यो कान्छो राष्ट्रिय निकुञ्ज

    बाँके, १८ फागुन । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालगञ्जसँग जोडिएको छ […]

  • ५ करोड लगानीमा ‘रेष्टुराँ’ स्थापना

    ५ करोड लगानीमा ‘रेष्टुराँ’ स्थापना

    काठमाडौँ, १७ फागुन । काठमाडौँ महानगरपालिका-३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको हो । आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले […]

  • पर्यटक

    भ्रमण वर्ष : कोइरालो वन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

    लहान, १६ फागुन । सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित सिमसारको कोइरालो वन क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न लागिएको छ । पर्यटन वर्ष २०२० मा सो क्षेत्रमा करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । केही वर्षअघिसम्म प्रायः सुनसान देखिने चुरेको फेदीमा रहेको सो क्षेत्रमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढ्दै गएको छ । […]

  • सुकुटे

    सुकुटेमा पर्यटन महोत्सव फागुन १७ देखि

    चौतारा, १५ फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा मोटरबोटको उद्घाटनका साथै शाहसिक जलयात्रा, म्याराथन दौड, सुनकोशी बिच भलिबल प्रतियोगिता, […]

  • पोखराको फेवातालमा डुंगा पल्टिँदा

    पोखराको फेवातालमा डुंगा पल्टिँदा १ जना वेपत्ता, २ जनाको उद्धार

    १२ फागुन, पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिकामा रहेको फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ । उद्धार हुनेमा काठमाडौं १२ कै […]

  • पर्यटक पर्खिंदै टीकापुरका संरचना

    भजनी, ११ फागुन । आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा थप बाह्य पर्यटकलाई स्वागत […]