९ पुस, चितवन । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।