एजेन्सी, २७ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानको अग्रता कायम गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोडमा शनिबार भएको खेलमा मार्को राशफोर्डको २ गोलको सहयोगमा युनाइटेडले लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २–१ गोलले हराएको हो