१६ बैशाख २०८३, बुधबार
राजनीति

गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

कास्की । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बनेका छन् । नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको हिजो साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो