१९ बैशाख २०८१, बुधबार
राजनीति

गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर