सहमतिका साथ अघि बढ्न काँग्रेसलाई गृहमन्त्री लामिछानेको आह्वान
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप-प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले सदनलाई मर्यादित रूपमा अगाडि बढाउन सबै दलहरू जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।