प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
८ जेठ, पोखरा । गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ । समयसापेक्षरुपमा सेवाको गुणस्तरीयताका साथै छिटोछरितो जनमुखी प्रशासन कायम गराउने लक्षका साथ आयोजित अभिमुखीकरणमा