रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका विष्ट आफैँ पक्राउ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफैँ पक्राउ परेका छन् । चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत विष्टलाई प्रहरीले सर्वोच्च परिसरबाटै नियन्त्रणमा लिएको हो ।