प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । अहिले साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्