, समाचार

समाचार

  • salman khan and sonakshi

    दबङ ३ मा पनि सोनाक्षी सिन्हा नै देखिने

    मुम्बई, १६ साउन — ‘दबङ गर्ल’ सोनाक्षी सिन्हा चलचित्रको तेस्रो भागमा समेत देखिने भएकी छन् । यसअघि परिणिती चोपराले तेस्रो भागमा रज्जोको भूमिका निर्वाह गर्ने भनेर हल्ला चलेको थियो । द टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता दिँदै दबङका निर्माता निर्देशक अरबाज खानले पुरानै जोडी दोहोरिने पुष्टि गरे । उनले सोनाक्षीका अलावा अर्की अभिनेत्री पनि फिल्ममा […]

  • balloon crash

    अमेरिकामा तातो हावाको भरिएको बेलुनमा आगो लाग्दा १६ जनाको मृत्यु

    अमेरिकाको टेक्सस राज्यमा तातो हावाको भरिएको बेलुनमा आगो लाग्दा १६ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीका अनुसार दुर्घंटनामा कसैलाई जीवितनै उद्धार गर्ने सम्भावना छैन । अधिकारीहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार विहान ७ बजेर ४० मिनेटमा भएको थियो । दुर्घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन ।एयर बेलुन खेतमा झरेको थियो । […]

  • काठमाडौंका २९ विद्यालय बन्द हुने (सूचीसहित)

    काठमाडौं, साउन १६ – सरकारले अनुमति लिएका तर निरन्तर कक्षा सञ्चालन नगरेका काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अनुगमनको क्रममा काठमाडौं उपत्यकामा मात्र २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिएपनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ । विभागका महानिर्देशक खगराज बरालका अनुसार ती विद्यालय बन्द गराउन […]

  • काठमाडौं- संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बेचबिखनको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्। गत बुधबार संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको गरेको थियो। ब्युरो उच्च स्रोतका अनुसार औषधी बनाउन भन्दै भित्रिएको कच्चा पर्दाथ तस्करी प्रयोजनका लागि गोदाममा राखिएको हो। उक्त लागूऔषध भारत र चीनमा सप्लाई गर्ने गरेको बताइएको छ।

    लागूऔषध ओसारपसारको अभियोगमा संघाई ग्रुपका अध्यक्ष पक्राउ

    काठमाडौं- संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बेचबिखनको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्। गत बुधबार संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको […]

  • मकवानपुरमा दुई बस जुध्दा, ९ जनाको मृत्यु ३१ जना घाइते

    हेटौँडा : काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ। मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। […]

  • govinda-kc

    अनशन तोडेपछी पनि आन्दोलनमा जारी, खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध सडकमा डा. केसी

    काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले जारी आन्दोलन नरोकिने बताएका छन् । आफूले उठाएका मागको समर्थनमा शनिबार दिउसो भएको प्रदर्शनमा डा. केसीले आफ्नो शान्तिपूर्ण आन्दोलन जारी रहेको स्पष्ट पारे । माइतीघरबाट सुरु भएको र्याली बानेश्वर पुगेपछि डा. केसीले संबोधन गर्दै कूशासन विरुद्धको आन्दोलनमा सबैको साथ रहने विश्वास व्यक्त गरे । […]

  • petrol khani

    पेट्रोलियम पदार्थ उत्खनन्का लागि उद्योगीसँग छलफलः उद्योगमन्त्री

    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने बताए । मुलुकमा आर्थिक समृद्धि […]

  • Kathmandu-Metropolitian

    अनलाइनबाट नक्सा दर्ता गर्नेको सङ्ख्या न्यून

    काठमाडौं । नयाँ घर निर्माणका लागि काठमाडौं महानगरपालिकामा हरेक दिन दैनिक १० देखि १५ वटासम्म नक्सा दर्ता हुने गरेकामा केही दिनदेखि अनलाइनबाटनै नक्सा पासको प्रक्रिया सुरु गरेपछि कमी आएको छ । नागरिकलाई सहज र पारदर्शी सेवा दिनका लागि विस्तार गरिएको अनलाइन सेवामा पाँच दिन बित्दा अहिलेसम्म चारवटा मात्र नक्सा दर्ता भएको सहरी विकास विभाग प्रमुख […]

  • गोरखाको खोर्लामा घरैपिच्छे बिरामी, झाडापखाला नियन्त्रणमा आएन

    गोरखा, १४ साउन – गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् । घरैपिच्छे बिरामी पर्नेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताए। घरमा दुई/तीन जनाको दरले मानिस बिरामी […]

  • tilachhe

    भारतीय पक्षले एकतर्फी बाँध बनाएपछि दशगजामा झडप

    काठमाडौं, १३ साउन — भारतीय पक्षले एकतर्फी रूपमा बाँध बनाउन शुरु गरेपछि सप्तरीको तिलाठी गाविसमा बिहीवार तनाव बढेको छ । गत शनिवार नै भारतीय पक्षले नेपाल हुँदै बग्ने खाँडो नदी छेक्नेगरी बाँध बनाउन शुरु गरेको थियो । तर सप्तरी प्रशासनको अवरोधका कारण स्थगित काम भारतीय पक्षले बिहीवारबाट शुरु गरेलगत्तै स्थानीय बासिन्दाले विरोध गरेका हुन् । […]

  • ram-krishna-dhakal

    रामकृष्ण ढकालको गीतको प्रोमो सार्वजनिक

    काठमाडौं : पति गायक पत्नी मोडल अनि मोडललाई साथ दिन उनकै बाल्यकालको साथी। यी तीन पात्र हुन गायक रामकृष्ण ढकाल, उनकी पत्नी नीलम र निलमको बाल्यकालको साथी मन्छिन शाक्य। उनी रामकृष्ण ढकालको नयाँ गीत को भिडियोमा निलम ढकालसँग देखिएका छन्। गायक रामकृष्ण ढकालको १५ औं गीती एल्बमको भिडियो र प्रोमो सार्वजनिक कार्यक्रममा ‘तिमी आएनौं’बोलको गीतको […]

  • bida_news

    काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा

    काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले आज आज सूचना जारी गर्दै भनेको छ – यही २०७३ साल श्रावण १४ गते शुक्रवारका दिन रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो […]

  • bus accident

    अपडेट: धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

    धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे। उपचारका लागि धरान पुर्याइएका ३३ जना मध्य ४ जनाकाे मृत्यु भएकाे हाे। अस्पतालमा […]

  • Former crown princess Himani Shah

    पूर्व युवराज्ञी हिमानी पनि फेसन शो मा, साथमा नायिकाहरुको क्याटवाक

    काठमाडौं, विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा प्रमुख अतिथीको रुपमा सहभागी हुन लागेकी हुन् । ११ वर्षदेखि सञ्चालनमा रहेकोे ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले द ओरियन फेसन शो–२०१६ गर्न […]

  • nepal-airport

    विमानस्थलमा कमान्डो फोर्स

    १३ साउन, काठमाडौं । विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ । सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख […]

  • मन्त्रालयमै चोरी, उपसचिवको टेबलबाटै हरायो ल्यापटप, आइफोनसँगै १ लाख

    काठमाडौं, साउन १२ – सिंहदरबारभित्र रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा चोरी भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरिञ्जिवी तिमिल्सिनाको आइफोन, ल्यापटप र एक लाख रुपैयाँ कार्यकक्षबाटै चोरी भएको हो । कार्यकक्षमा सामान राखेर शाखाको बैठकमा गएको र फर्कंदा उहाँको पैसा राखेको झोलासहित मोबाइल र ल्यापटप चोरी भएको मन्त्रालयका कर्मचारीले […]

  • medical-nepal

    डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै निजी मेडिकल कलेजद्वारा राजधानीमा बृहत् प्रदर्शन

    काठमाडौँ, १२ साउन – निजी मेडिकल कजेल सञ्चालकले डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा. केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । स्वदेशका मेडिकल कलेजमा कार्यरता कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित […]

  • bagmati flood

    पाढी पहिरोले देशभर २८ को मृत्यु, २४ बेपत्ता

    काठमाडौँ, ११ साउन – गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको […]

  • Rajini-Kabali-Teaser

    सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त

    रजनीकान्त साच्चिकै भन्दा सुपरस्टारका सुपरस्टार हुन् र यसलाई उनको हालैको फिल्म काबलीले पुष्टि गरेको छ। सलमान खानको फिल्म सुल्तानको रिलिजको दिनको कमाइसँग तुलना गर्ने हो भने रजनिकान्त सबैका बाउ बनेर निस्किए। कबालीले ओपनिङमा नै करिब ५३ करोड ग्रस आम्दानी गर्यो। यसअघि बलिउड स्टार सलमान खानको फिल्म सुल्तानले ३६.५ करोड कमाएको थियो। रजनिकान्तको फिल्मलाई समीक्षकहरुले रुचाएका […]

  • saptakoshi

    सप्तकोसीमा बाढीले खतराको विन्दु क्रस गर्दा पनि भारतले सबै ढोका खोल्न मानेन

    इटहरीः निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो । मंगलबार बिहान १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । पानीको बहाव […]