समाचार

  • Sambidhan-Sabha- bhawan

    अाजको संसद बैठकमा दुई विधेयक पेश

    १७ असार, २०७३:- काठमाडौं, व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘न्याय परिषद् विधेयक, २०७३’ र ‘वन(दोस्रो संशोधन) विधेयक’, २०७१ प्रस्तुत भएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले प्रस्तुत गरेको ‘न्याय परिषद् विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ। यसअघि सांसदहरु राधेश्याम अधिकारी, जनकराज जोशी, रामनारायण बिडारी, प्रेम सुवालले उक्त विधेयकले जनताको अपेक्षालाई […]

  • MangalSiddhi-Manandhar

    पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन

    १७ असार, २०७३:- काठमाडौं, संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। मानन्धरको हृदयघातका कारण शुक्रबार विहान १० बजेर ४५ मिनेटमा निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा उनको क्यान्सरको उपचार गरिएको थियो […]

  • dead body

    मृतकसंगै बस्न रुचाउने अनौठो बस्ती

    १७ असार, २०७३:- साधारण रुपमा मानिसको मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । मरिसकेपछि विभिन्न थरि बिधि अपनाइ लाशको अन्त्येष्टि गर्ने गरिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ, जहाँ मानिसको मृत्यु भएपछि लाशलाई अन्तिम काजक्रिया गर्नुभन्दा पनि आफुसँगै राख्न चाहान्छन् । लाशलाई […]

  • lightning

    रौतहटमा चट्याङले २ को मृत्यु, १ घाइते

    १७ असार २०७३:- रौतहटको ईनरुवा गाविस वडा– ४ मा बिहीबार राति चट्याङ लागेर २ जना बालकको मृत्यु भएको छ। एक जना महिला घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय रामबहादुर महतोको छोरा वर्ष १३ का सरोज महतो र विनोद महतोको छोरा वर्ष १५ का रामसागर महतो रहेको रौतहटका डीएसपी नवीनकृष्ण श्रेष्ठले बताए । सोही घटनामा […]

  • 7-pradesh

    संघीयता निर्देशक समितिको बैठक सम्पन्न

    १७ असार, २०७३:- शुक्रबार पहिलो पटक सिंहदरवारमा संघीयता निर्देशक समितिको बैठक बसेको छ। संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ । सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । यसैगरी मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा […]

  • विद्यालय भवन भत्किँदा दुई विद्यार्थीको मृत्यु , १७ घाइते

    ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। विद्यालयको पछाडी लगाइएको पर्खाल भत्केर कक्षाकोठामा ठोक्किदा स्कुल भवन भत्किएको थियो। घटनामा भवनले च्यापेर १७ विद्यार्थी घाइते भएको प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माले बताए। ‘दुइ विद्यार्थीलाई उपचार गर्न लैजाने क्रममा निधन भएको छ’, उनले भने, ‘अन्य विद्यार्थीलाई उद्दार गरेर उपचारमा पठाइएकोछ।’ […]

  • Nepali-Congress-Party-Flag

    पार्टीका सबै निकायहरुलाई बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहतमा जुटन निर्देशन : क्रांगेस

    १७ असार, २०७३:- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहत कार्यमा सहयोग गर्न पार्टीका सबै निकायहरुलाई निर्देशन दिएका छन् । उनले शुक्रबार प्रेस विज्ञप्ति निकालेर पीडित परिवारहरुको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई सहयोग पुर्‍याउन निर्देशन दिएका हुन् । कांग्रेसले बाढी पहिरोमा […]

  • River

    चितवनको माडी क्षेत्रमा पानीको सतह अत्याधिक वृद्दि, सतर्क रहन अाग्रह

    १७ असार, २०७३:- गएरातिदेखि परेको अविरल वर्षाले पानीको तह बढेपछि चितवनको माडी क्षेत्रका स्थानीयलाई सतर्क हुन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा, बाढी भविष्यवाणी शाखाका मौसमविद विनोद पराजुलीको अनुसार त्यहाँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ । उनले भने, ‘उक्त क्षेत्रमा पानीको सतह अझै बढ्छ । त्यसैले अहिले नै सतर्कता अपनाअौ र […]

  • National-Board-of-Examination

    राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

    १७ असार, २०७३:- शिक्षा ऐन, २०२८ अन्तर्गत आठौँ संशोधन, २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । कक्षा १२ सम्मलाई विद्यालय तह निर्धारण गरिएको शिक्षा ऐनको राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो । ऐन कार्यान्वयनसँगै शिक्षा मन्त्रालयले उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ […]

  • yarshagumba

    यार्सा टिपेर फर्केका जुम्लाका मुनबहादुर रावल मृत अवस्थामा भेटिए

    १७ असार, २०७३:-जुम्ला, यार्सागुम्बा टिपेर घर फर्केका गज्र्याङ्कोट–२ जुम्लाका ३९ वर्षीय मुनबहादुर रावल मृत अवस्थामा भेटिएका छन् । गत जेठ १० गते रावल यार्सा टिप्न मुगुको पाटनतर्फ गएका थिए । उनी असार १० गते मुगुबाट घर फर्केका थिए । असार १२ गते म घर आउँछु, खाना पकाइराख्नु भनी घरमा परिवारलाई जानकारी दिएका उनी बिहीबार गोठीचौर–९ […]

  • muglin narayanghat road

    नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    १७ असार, २०७३:- चितवनको नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चण्डिभञ्जयाङ् ९ ,जलविरे ५ किलो भन्ने स्थानमा माथि डाडाँ बाट ठूलो ढुङगा झरे पछि अवरुद्ध भएको हो । माथि डाडाँ बाट ठूलो ढुङगा झरे पछि बिहान ५.५० बजेबाट सडक अवरुद्ध भएको हो । अहिले सो ढुङगा पन्छाउने काम भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

  • Deepak-Manange

    गुण्डा नाइके ‘दिपक मनाङ्गे’ प्रकाउ

    १७ असार, २०७३:- काठमाडौं, पछिल्लो समयमा नेपाल प्रहरीले उपत्यकामा गुण्डागर्दि बिरुद्दको कारबाहि तिव्र बनाएको छ। यसै क्रममा गतराती प्रहरीले बिभिन्न ठाउँमा गरेको अपरेशनबाट पुराना प्रख्यात गुण्डा नाइके ‘दिपक मनाङ्गे’ लाई प्रकाउ गरेको छ। प्रहरीले बिहीबार राति मनाङ्गेलाई काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध रकम असुलीको आरोपमा मनाङ्गेलाई सहयोगी राजिवकुमार सिंह सहित […]

  • Photo-Exhibition

    वृहद फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा, दर्ता असार मसान्तसम्म

    १६ असार, २०७३:-नेपालमा अहिलेसम्मकै सबैभन्दा वृहद फोटो प्रतियोगिता तथा प्रदर्शनको हुने भएको छ । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधवार सम्पन्न एक कार्यक्रम मार्फत प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । आइएमई ग्लोबल, आइएमई बैंक, नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनी नाम दिइएको यो प्रतियोगिताको पाँचौं संस्करणको घोषणा भएको हो । विनासकारी […]

  • lady gaga

    अमेरिकी पप गायिका लेडी गागालाई चीनमा जान प्रतिवन्ध

    तिब्बती धर्मगुरु दलाई लामालाई अमेरिकाको इन्डियानापोलिसमा गत आइतबार भएको प्रवचन कार्यक्रममा भेटेको र लामा समर्थन क्रियाकलापमा संलग्न भएको आरोप लगाउदै चीनले अमेरिकि पप गायिका लेडी गागालाई चीनमा जानका लागी प्रतिबन्ध लगाएको छ। हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो । चीनमा दलाई लामा समर्थन क्रियाकलाप गर्ने […]

  • namrata and dayang

    दयाहाङ र नम्रता उत्कृष्ट, राष्ट्रिय चलचित्र पुरस्कार

    १६ असार, २०७३:- चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवसको अवसर पारी राष्ट्रपति भवनमा आयोजना गरिएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा चलचित्र ‘कब्बडी–कब्बडी’बाट दयाहाङ राई र ‘क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता र अभिनेत्री भएका छन्। २०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्टमा ’पशुपतिप्रसाद’ परेको छ भने लेखनमा पनि खगेन्द्र लामिछाने पशुपतिप्रसादबाट उत्कृष्ट बनेका छन् । त्यस्तै यहि […]