समाचार

  • kathadesh-3

    “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती

    एक्टर्स स्टुडियोका १७ अौ सत्रका विधार्थीहरुले शिल्पीको गोठाले नाटकघरमा प्रस्तुत गरीरहेको “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती हो। नाटकको पहिलो अंकमा विश्व प्रख्यात “सहादत हसन मन्टो” द्दारा लेखिएको ‘ठन्डा गोस्त’ शिर्षकको कथालाई नेपालीमा “हिउँभन्दा चिसो” शिर्षक नामक नाटकको रुपमा प्रस्तुत गरिएको छ। यस कथामा भारत र पाकिस्तान विभाजनको समयमा जातिय र धार्मिक दङ्गाले प्रभावित एक प्रात्र […]

  • nepali passport

    तिव्बती शरणार्थीसँग नेपाली पासपोर्ट

    नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन्। चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए। १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो। अनुसन्धानको क्रममा उनको […]

  • Boiled-Rice

    विश्वमै बढ्दैछ ‘भात क्रेज’

    चामल खपत बढ्दै गर्दा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। कारोबार दैनिकमा समाचार छ। संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपभाेग बढ्दै जाँदा माैज्दात घट्दै गरेको निष्कर्ष निकालेको छ। अार्थिक वर्ष २०१५÷१६ मा विश्वभर कुल २ अर्ब […]

  • ambar gurung antim sanskar

    संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने

    वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने भएको छ। गुरुङका छोरा राजु गुरुङका अनुसार संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा हिन्दू र बौद्ध दुवै विधि अनुसार मंगलबार नै अन्तिम संस्कार गरिने छ। भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको मंगलबार विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो। […]

  • businessman kidnap

    केडिया अपहरणमा संलग्न अभियोगमा नेविसंघका केन्द्रीय सदस्य पक्राउ

    बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको अभियोगमा नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई सोमबार बेलुका बारा प्रहरीले पक्राउ गरेकाे छ। बारा प्रहरीले यादवलाई महागढीमाई नगरपालिका २ बाट पक्राउ गरी नियन्त्रण लिएकाे हाे। महागढीमाई नगरपालिकाका काँग्रेसका नगर सभापति भूलेन्द्र यादवका अनुसार वीरेन्द्र यादवसँग केही सोध्नको लागि बोलाएर प्रहरीले उनलार्इ सोमबार बेलुकादेखि नै नियन्त्रणमा लिएको […]

  • Amber Gurung

    वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

    काठमाडौं– खाना नलीको क्यान्सरबाट पीडित राष्ट्रगान धूनका सर्जक वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ गुरुङको मंगलबार विहान २ बजेर ३९ मिनेटमा निधन भएको उपचारमा संलग्न चिकित्सक डा. सुभाष आचार्यले जानकारी दिए। गुरुङलाई अघिल्लो साता ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। चौथो चरणमा फैलिइसकेको क्यान्सरको भारतमा लामो समय उपचार गराएर केही समयअघि मात्र […]

  • Loadshedding schedule

    लोडसेडिङ घट्यो, मंगलबारदेखि हप्तामा ६३ घण्टा लोडसेडिङ

    नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको समय घटाएको छ । दैनिक ९ घण्टासम्म विद्युत भार कटौती हुने प्राधिकरणले जनाएकोछ । नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्ने नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए। उनका अनुसार हाल […]

  • gyanendra_sherbahadur

    पूर्वराजा ज्ञानेन्द्र र देउवालाई कारवाही माग गर्दै उजुरी

    उदयपुर– सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। १० वर्षे द्वन्द्वक्रममा भएका घटना छानबिन गर्न बनेको आयोगमा स्थानीय शान्ति समिति कार्यालयमार्फत उनीहरूविरुद्ध उजुरी परेको हो। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा तत्कालीन शाही सेना परिचालन गरी माओवादीको नाममा सर्वसाधारणको हत्या, धरपकड र कुटपिट गरी अंगभंग गराएको […]

  • committee

    सङ्घीय नवविचार समुहको तदर्थ कार्यसमितिको चयन:

    जेष्ठ २३, काठमाडौ- सङ्घीय नव विचार समुहले “नेपालको आवश्यकता र चलचित्र क्षेत्रको समस्या” बिषयक अन्तरक्रिया कार्यक्रम -२०७३ र सङ्घीय नव विचार समुहको तदर्थ कार्यसमितीको चयन गरिएको छ। सङ्घीय नव विचार सास्कृतिक विभागले आयोजना गरेको उक्त कार्यक्रमका संयोजक एव्म सभापति वरिष्ठ नृत्य निर्देशक,निर्माता एव्म निर्देशक दिनेश प्राख्रिन हुनुहुन्थ्यो,उहाँ हाल नेपाल चलचित्र नृत्य महसंधको अधक्ष्य पदमा पनि […]

  • bank

    आफ्नो अनुकूल ऐन बनाउँदै बैंक अध्यक्षहरू

    काठमाडौँ, २३ जेठ- चार बैंकका अध्यक्ष सिभिलका इच्छाराज तामाङ, जनताका उदय नेपाली श्रेष्ठ, प्राइम कमर्सियलका उमेश श्रेष्ठ र माछापुच्छ्रेका वीरेन्द्र महतो सांसद छन्। उनीहरू आफैं सक्रिय भएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकिङ सुशासनका लागि राखिएका प्रावधान हटाउन लागिपरेका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ । बाफिया विधेयकको दफावार छलफलमा उनीहरू आफैं सहभागी […]

  • मधेसी मोर्चाका दुई घटकबीच कुटाकुट, चार घाइते

    सर्लाही, २३ जेठ– तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमलाई जानकारी दिइएको […]

  • SLC-students

    अबदेखि १२ कक्षामा एसएलसी परीक्षा

    काठमाडौँ: ६ वर्ष लामो प्रयासपछि शिक्षा ऐन (आठौँ) संशोधन विधेयक शनिबार व्यवस्थापिका–संसद्बाट पारित भएसँगै शिक्षा क्षेत्रमा पुनःसंरचनाको ढोका खुलेको छ । हालको तीन तहको संरचना परिवर्तन गरी बालशिक्षादेखि उच्च माविलाई विद्यालय शिक्षामा ल्याउन सफल यो विधेयकले शिक्षक व्यवस्थापनको सवाललाई पनि सम्बोधन गरेको छ । बालदेखि आठसम्म आधारभूत शिक्षा पारित विधेयकले प्रारम्भिक बालशिक्षादेखि कक्षा ८ सम्म […]

  • CHITRA-BDR.-KC

    पैसामा नबिक्ने भएकोले सहकारी सञ्चालक विरोधमा : उपप्रधानमन्त्री केसी

    काठमाडौैं–उपप्रधान एवम सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेका सहकारी सञ्चालक आन्दोलनमा उत्रिएको दाबी गरेका छन्। रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिलेका सहकारी संस्था नामका मात्रै सहकारी छन। काममा बैंकिङ कारोवार गरेर चर्को ब्याज खाने काम गरिरहेका छन। चित्रबहादुर केसी पैसामा नविक्ने भएकोले […]

  • kp-oli

    धेरैले नसोचेको काम गरेर देखाउँनेछ सरकारले : प्रम ओली

    काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताउनुभएको छ । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदो सरकारको अनुभूत गराएको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता […]

  • businessman kidnap

    केडिया अपहरणमा हवल्दारसहित चारजना निलम्बित

    कलैया-मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ । केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो । निलम्बित हुने प्रहरी हवल्दार […]