७ माघ, बिराटनगर । प्रदेश नं १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर सजाइएको छ । सपथ ग्रहण समारोहस्थलमा प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको छ ।