८४ घरधुरीका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य
२५ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् ।