२७ जेठ, चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी दिंदै उहाँले भन्नुभयो