२४ बैशाख २०८१, सोमबार

झ्यालबाट टाउको बाहिर निकाल्दा यात्रुको मृत्यु


चैत्र २३, २०७२- धादिङ्गबाट पोखरा तर्फ जादै गरेकी यात्री गुड्दै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा मंगलवार चितवनमा ज्यान गुमाएकी छिन । झ्यालबाट टाउको बाहिर निकाल्दा धादिङ्ग सल्याङ्टार ८ की २३ वर्षीया नानुमाया परियारको मृत्यु भएको हो ।

पृथ्वी राजमार्ग अन्र्तगत मुगलिन-धादिङ्ग सडक खण्डको चितवन दारेचोक ९ फिस्लिङमा बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विपरित दिशाबाट आएको ईन्धन बोकेको ना ४ ख ४१४३ नम्बरको गुड्दै गरेको ट्याङ्करमा ठोकिएको थियो । धादिङ्गबाट पोखरा तर्फ जादै गरेको ग १ ख ६१८५ नम्बरको बसमा मृतक महिला सहवार थिईन ।

घाईते भएकी महिलाको उद्धार गरी उपचारको लागी भरतपुर अस्पतालमा पुर्‍याएको थियो । उनको उपचारको क्रममा अपरान्ह साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परिक्षणको लागी अस्पतालमै राखिएको छ ।

उनी सवार रहेको बस र ठक्कर दिएको ट्याङकर तथा दुबै सवारीका चालकलाई ईलाका प्रहरी कार्यालय मुगलिनले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !