१३ असार, डडेल्धुरा । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो