बंगुरपालनबाट मनग्य आम्दानी
१० साउन, कञ्चनपुर । कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु छ लाख नाफा गर्नुहुन्छ ।