२ कार्तिक २०८३, आइतबार
समाचार

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

३० साउन, धनगढी। झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो ।