३ मंसिर २०८३, बिहिबार
समाचार

जनसहभागितामा सामुदायिक भवन

१० असोज, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । स्थानीयवासीले घारको भगवती मन्दिर परिसरमा रु १४ लाखको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् ।