४ असोज, काठमाडौं । मुलुकी संहितामा सवारी चालकहरुका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरुले सवारीसाधान सञ्चालनमा अवरोध गरेका छन् । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् ।