नारायणीमा नयाँ पुल बनाइने
९ कात्तिक, चितवन । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो