६ बैशाख २०८३, आइतबार
समाचार

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

४ कात्तिक, कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुण खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो ।