१२ पुस, अछाम । अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो