१३ बैशाख २०८३, आइतबार
समाचार

पारमाणविक विधेयक प्रस्तुत

१७ पुस, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो