प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठनको तयारीमा
२८ चैत, जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थाल्नुभएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो ।