क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने
२३ चैत, काठमाडौं । नेपाल सरकारले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अबदेखि क्वारेन्टाइन अवधि पूरा गरेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन्