जेठ ६, काठमाडौं । २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको पाइएको छ । सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आएको बताए ।