१९ आश्विन २०८३, सोमबार
समाचार

कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण

तनहुँ, १४ साउन । सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण गरिएको छ । २५ जना क्षमताको उक्त कारागारमा छ गुनाभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था आएपछि औपचारिक कार्यक्रमबिना नै यही साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो