विदेशी पनि बेवारिसे…
काठमाडौँ । विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए । तत्कालै मानवसेवा आश्रमकी सुशीला केसी नेतृत्वको टोली उद्धारका लागि खटियो । महिलाको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो ।