३ भदौ २०८३, बुधबार
समाचार

सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ, मैले कमल थापालाई छाडेको होइन : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् । मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन् ।