४ आश्विन २०८३, आइतबार
समाचार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल हुने बुझिएको छ