काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ