२ आश्विन २०८३, शुक्रबार
समाचार

राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुस र डेनमार्कमा राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।