३१ श्रावण २०८३, आइतबार
समाचार

नवौंँ राष्ट्रिय खेलकुद समापन गर्न प्रधानमन्त्री देउवा पोखरामा

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन् । यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् ।