२५ आश्विन २०८३, आइतबार
समाचार

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वपका सभापति लामिछाने भर्खरै बालुवाटारबाट फर्किएका छन् ।