१२ असार २०८१, बुधबार
समाचार

महिला डाक्टरको प्रतिनिधित्व गर्दै ग्राण्डीकी डा. भुसाल सगरमाथा आरोहण गर्ने

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा. प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ ।