२० बैशाख २०८१, बिहिबार

देशभर थपिए १३ जना कोरोना संक्रमित, ५७ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३५८ जनामा पिसिआर परिक्षण गर्दा १० जना र १४४९ जनामा एन्टीजेन परिक्षण गर्दा ३ जना गरी जम्मा ४८०७* नमुनाको परीक्षण गर्दा १३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६५ हजार ८२२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५५ लाख ६६ हजार ४१४ पिसिआर परीक्षण भएको छ भने ११ लाख ३६ हजार ४४४ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७६५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८८ लाख १ हजार ७९८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९२ लाख ३० हजार ५४८ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २२ लाख ६३ हजार ५४२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड २ लाख ९५ हजार ८८८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !